मन्त्रीमण्डल पुनर्गठनमा नेकपाकै असन्तुष्टि
काठमाडौँ । मन्त्रीमण्डल पुनर्गठनप्रति सत्तारुढ नेकपाकै नेताहरुले असन्तुष्टि जनाएका छन् । मन्त्रीमण्डल पुनर्गठन गर्दा महिला सहभागिता नभएको र समावेशी नभएको भन्दै नेकपाका नेताहरुले असन्तुष्टि जनाएका हुन् ।
नेकपा प्रदेश दुईका अध्यक्ष प्रभु साहले मन्त्रिपरिषद् पुनर्गठनले लज्जित भएको प्रतिक्रिया दिएका छन् । गुटगत पुर्वाग्रह र लेनदेनकै आधारमा मन्त्रिपरिषद् पुनर्गठन भएको उनको आरोप छ । मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिष्ट मूल्य मान्यता पनि लागू नभएको उनको भनाइ छ ।