सबै मन्त्री डाकेर प्रधानमन्त्रीले मन्त्रीहरुलाई के दिए निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले नव नियुक्त मन्त्रीहरुलाई प्रतिफल देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न नयाँ मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रालयको चौमासिक समीक्षा बैठकमा आउँदा प्रष्ट कार्ययोजना ल्याउन निर्देशन दिनुभयो । उहाँले कार्यायोजनाअनुरुप काम भए नभएको हेरेर फागनुसम्ममा सबैको मूल्यांकन हुने बताउनुभयो ।
नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेपछि पहिलो पटक सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको थियो। बैठकमा सरकारले लिएको नीति तथा कार्यक्रमबारे नयाँ मन्त्रीहरुलाई प्रधानमन्त्रीले ओलीले निर्देशन दिनुभएको थियो ।
उहाँले मन्त्रालय तथा सरकारी निकायहरुबीच समन्वय अभाव देखिएको भन्दै यसले कार्यसम्पादनमा समस्या देखिने बताउनुभयो ।