विचित्र विश्व

एक ग्रामको पाँच सय अर्ब पर्ने विश्वको महँगो वस्तु 

एक ग्रामको पाँच सय अर्ब पर्ने विश्वको महँगो वस्तु 

एजेन्सी । संसारको सबैभन्दा महँगो वस्तु के होला ? मणि, हिरा, सुन, प्लाटिनम वा अरु केही ? तर संसारकै यस्तो महँगो चिज पनि छ जसको मुल्य एक ग्रामको पाँच सय अर्बसम्म पर्छ ।

एक ग्रामको झण्डै ५ सय खर्ब रुपैयाँ पर्ने सन्सारकै सबैभन्दा महंगो त्यो चिजको नाम हो – एन्टिम्याटर अर्थात् प्रतिपदार्थ । यतिधेरै महंगो वस्तुको प्रयोग भने अन्तरीक्षसँग सम्बन्धित कामका लागि गरिन्छ ।

अन्तरिक्षयान तथा रकेटहरुमा प्रयोग गरिने इन्धनको उत्पादनमा यो प्रतिपदार्थको प्रयोग हुन्छ । यो एन्टीम्याटरको उत्पादन पहिलोपटक फ्रान्स र स्विजरल्याण्डको सीमा क्षेत्रमा रहेको सर्न ल्याबमा गरिएको थियो ।

एन्टीम्याटर यस्तो विशेष खालको वस्तु हो जुन पोजिट्रोन, एन्टी प्रोटोन तथा एन्टी न्युट्रोन मिलेर बनेको हुन्छ । नासाले पनि एन्टीम्याटर विश्वको सबैभन्दा महंगो वस्तु रहेको पुष्टि गरिसकेको छ ।  

विशेष