३ हात र २ ओटा टाउको भएको बच्चा जन्मियो !
कहिले कहिँ अस्तित्वको सन्दर्भमा कुरा गर्दा सब इश्वरको देन हो भन्ने गरिन्छ । कुनै बेला हाम्रो वरपर यस्ता पत्याउन नसकिने घटना बाहिरिदिन्छ जसलाई यकिन गर्न निकै नै मुश्किल भईदिन्छ। भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लाकी एक महिलाले २ शिर र ३ ओटा हात भएको बच्चालाई जन्म दिएकि छिन।
मिडिया रिपोर्टका अनुसार यस बच्चाको दुई टाउको रहेको र टाउकोको बिचमा तेस्रो हात रहेको बताएको छ । आइतवार २१ बर्षीय बबीता अहिरवार नाम गरेकी महिलाले उक्त बच्चालाई जन्म दिएकि हुन् । हाल आमा र बच्चालाई आईसीयुमा राखिएको छ।
यस्तो बच्चाको बाँच्ने सम्भावना अति नै कम हुने र बाँचे पनि आम जिन्दगी बिताउन मुश्किल पर्ने चिकित्सकले बताएका छन। दुई टाउको भएको यस बच्चाको एउटा मात्र मुटु रहेको छ । कनज्वाइन्ट बच्चा जन्मिएको जानकारी आमालाई समेत नदिएको पारिवारिक स्रोतले जनाएको छ।
बबिताको गत बर्ष मात्र विवाह भएको थियो यो उनको पहिलो सन्तान हो । गर्भावस्थामा सोनोग्राफीबाट हेर्दा जुम्ल्याहा बच्चा भएको अन्दाज लगाइएको थियो तर जन्मिदा कसरी यस्तो जन्मियो भन्ने बारे सबै चकित परेका छन । तर डाक्टरका अनुसार यस्तो घटना लाखौमा एक जनामा हुने र गर्भावस्थामा भ्रुणको राम्रोसंग विकास नहुदा यस्तो समस्या देखिने जनाएका छन।
एजेन्सी
Two head baby