विचित्र विश्व

घरपालुवा कुकुरले चाटेपछि दुर्लभ संक्रमण भई बृद्धको मृत्यु

घरपालुवा कुकुरले चाटेपछि दुर्लभ संक्रमण भई बृद्धको मृत्यु

एजेन्सी । जर्मनीमा ६३ वर्षीय एक व्यक्तिलाई घरपालुवा कुकुरले चाटेपछि दुर्लभ संक्रमण भई मृत्यु भएको छ। कुकुरले चाटेपछि फ्लु जस्तो लक्षण देखिएमा तत्कालै चिकित्सकलाई देखाउनुपर्ने भनी चिकित्सकहरूले सचेत गराएका छन् ।

यसको विवरण युरोपीयन जर्नल अफ केस रिपोर्ट्स इन इन्टर्नल मेडिसिनको एक पेपरमा प्रकाशित गरिएको छ । ती वृद्ध व्यक्ति स्वस्थ नै थिए तर उनलाई क्याप्नोसाइटोफागा कानिमोर्सस नामक ब्याक्टेरियाले संक्रमण गरेको थियो । यो ब्याक्टेरिया प्रायः जसो कुकुर र बिरालोको मुखमा पाइन्छ ।

मानिसमा यो ब्याक्टेरिया दुर्लभै सर्ने गर्छ । प्रायः यो ब्याक्टेरिया जनवारले टोकेपछि सर्छ तर ती वृद्धलाई कुकुरले टोकेको थिएन । ‘केही हप्ताअघि उनलाई कुकुरले छोएको र चाटेको थियो तर टोकेको वा घाइते बनाएको थिएन,’ 

शुरूमा ती व्यक्तिले आफूलाई फ्लु लागे जस्तो भएको बताए तर पछि गएर उनलाई कडा खालको सेप्सिस र पर्परा फुल्मिनान्स भयो । त्यो रोग लाग्दा जिउमा ठाउँठाउँमा रगत जम्छ र छालाको रंग बिग्रन्छ ।  ती व्यक्तिलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो तर उनको स्वास्थ्य लगातार बिग्रँदै गयो र अनेकौं अंगले काम गर्न छोडेपछि उनको मृत्यु भयो, पेपरका लेखकहरूले लेखे ।

 

dog

विशेष