विचित्र विश्व

१५ श्रीमतीसँगै बस्छन यी गरिब देशका राजा, यसरी छान्छन आफ्नो लागि रानी

१५ श्रीमतीसँगै बस्छन यी गरिब देशका राजा, यसरी छान्छन आफ्नो लागि रानी

एकादेशमा एकजना राजा थिए अनि उनि धेरै रानीहरुसंग रहन्थे उनि जंगलमा शिकार गर्न जान्थे भन्ने कुराहरु  हामीले किताबमा पढेका छौ र कथा सुनेका छौ । तर आज हामी वास्तवमै यस्ता राजाका बारेमा बताउन जादैछौं जसका १५ श्रीमती र २५ भन्दा बढी सन्तान छन । मस्वति-३ नाम गरेका उनि  अफ्रीकी देश 'स्वाजिल्याण्ड' का राजा हुन् । 

विश्वमा यस्ता देशहरु छ जुन देश अचम्मको कानुन र प्रचलनले प्रख्यात छ।  यसै मध्येको स्वाजिल्याण्डको नियम कानुन यस्तो छ जसलाई सुनेर हामी तिन छक्क पछौँ ।  यस देशमा हरेक बर्ष अगस्ट- सेप्टेम्बर महिनामा महारानीको सम्झनामा लुदजिजिनीमा 'उम्हलांगा सेरेमनी' मनाईने गरिन्छ । जहा १० हजार भन्दा बढी कन्या कुमारी र बच्चाहरु सामेल हुन्छन ।  

जहाँ कुमारी केटीहरुले राजाको अगाडी नृत्य देखाउने गर्छन । नेशनल जियोग्राफिकको रिपोर्ट अनुसार राजाले सोहि केटीहरुका बिचबाट एउटा नयाँ रानी चुन्ने गर्छन । अचम्मको कुरा त के हो भने ति महिलाहरु सम्पूर्ण राजा र प्रजाका अगाडी निर्वश्त्र भई नृत्य देखाऊछन ।  

स्वाजिल्याण्ड विश्वको सबैभन्दा गरिब देश मध्येको एक हो तर यहाको राजाको सम्पति हेर्दा लाग्छ यो देश गन्तीमा मात्र गरिब देश हो । मस्वति-३ नाम गरेका राजाको १५ श्रीमती छन उनले हालै मात्र आफ्नो श्रीमतीको लागि १ सय १९ करोडको कार किनेका छन । तर यहाका जनताहरुलाई भने खाना लाउन पनि धौ धौ छ।

पछिल्लो वर्ष मात्र राजाकी एक श्रीमतीले आत्महत्या गरेकी छिन । उनि देशका बासिन्दालाई कम्तिमा पनि २ ओटा विवाह गर्न र नगरेमा जेल लैजाने धम्कि पनि दिन्छन। 

 

 

 

राजा 'स्वाजिल्याण्ड'

विशेष