यस्तो देश जहाँ अपराधिलाई भगवानसरह पुज्ने गरिन्छ
हाम्रो समाजमा कुनै पनि अपराध र अपराधीलाई राम्रो नजरले हेर्ने गरिदैन। किनकी ति अपराधीहरुले गरेको अपराध कहिले कहिँ जघन्य हुन्छ। हामीलाई बच्चाबेलादेखि नै अपराधीलाई घृणा गर्नुपर्छ भन्ने पाठ सिकाईन्छ ताकी त्यसको प्रभाव भविष्यमा नपरोस। समाजमा अपराधीको न त कुनै स्थान हुन्छ न त कुनै सम्मान नै।
तर एक यस्तो ठाउँ जहाँ अपराधीलाई घृणा होइन भगवान सरह पुज्ने गरिन्छ। सुन्दा अलि अचम्म लाग्न सक्छ तर यो कुरा साँचो हो। ल्याटिन अमेरिकी देश भेनेजुएलामा चोरी डकैति जस्ता अपराधमा संलग्न अपराधीको मुर्ति बनाई पुजा गर्ने गरिन्छ। यी अपराधीहरुलाई भगवानको नाम दिइएको छ जसलाई स्पेनिस भाषामा 'सैंटोस मैलेंड्रोस' भन्ने गरिन्छ।
बदनाम र खुंखार अपराधीको मुर्तिलाई एउटा निश्चित स्थानमा राखिएको छ। जसको दर्शनका लागि टाढा टाढाबाट मानिसहरु आउने गरेका छन। भेनेजुएलामा यी अपराधीहरुले रबिनहूडको छाप छोडेका छन। यी चोरहरु धनि मान्छेको घरमा धनमाल लुट्थे र गरिबलाई बाड्ने गर्थे। यसकारण पनि यहाँका स्थानीयले यी अपराधीलाई पुजा गर्छन यिनिहरुले कसैको हत्या गरेका थिएनन।
यी अपराधीहरुले सिर्फ धनीमानीको चोरे र गरिबलाई सहयोग गरे। सैंटोसलाई सम्मान नगेर त हामीलाई पाप नै लाग्छ हामीले सदा उनको सम्मान गर्नुपर्छ स्थानीयवासी बताउछन।
भेनेजुएलामा यदि कोहि दुखि छन भने उसले यिनै अपराधीसामु गएर वर माग्छन। इच्छा पुरा भएपछि उनिहरुले सैंटोस मैलेंड्रोसको शिरमाथिबाट रक्सि चढाउने गरेका छन।
अपराधी पुज्ने