दैनिक ९ घण्टा सुत्नेलाई १ लाख पुरस्कार !
पर्याप्त निन्द्रा लिनु स्वास्थ्यका लागि फाइदाजनक रहेको छ। कम्तिमा पनि ७/८ घण्टा दैनिक सुत्नुलाई राम्रो मान्ने गरिन्छ तर आजभोलि मानिसहरु बढ्दो ब्यस्तताका कारण पर्याप्त निन्द्रा लिनु त परको कुरा सुत्न पनि बिर्सिन थालिसके। त्यसैले भारतमा एक कम्पनीले दैनिक ९ घण्टाभन्दा बढी सुत्नेलाई १ लाख रुपियाँ पुरस्कारस्वरुप उपलब्ध गराउने भएको छ।
सुन्दा अपत्यारिलो लाग्न सक्छ तर यो कुरा वास्तविक हो । भारतको बैंगलोरको एक कम्पनीले सुत्नका लागि १ लाख रुपैयाँ दिने भएको छ। तपाईंले ९ घण्टा सुतेर निन्द्रा पुर्याउन सक्नुहुन्छ र साथसाथै १ लाख रुपैयाँ पनि कमाउन सक्नुहुन्छ ।
मिडिया रिपोर्टका अनुसार एक अनलाइन कम्पनी वेकफिटले यो अफर दिएको हो । अनलाइन स्लीप सोलुशन फर्मले यस अफरको नाम वेकफिट स्लीप इन्टर्नशीप दिएको छ ।
कम्पनीका अनुसार, यसका लागि छनौट हुन आवश्यक रहेको छ । यसमा सहभागीहरु कम्पनीले दिएकै बेडमा सुत्नुपर्नेछ भने बिहानै कम्पनीलाई बताउनुपर्नेछ कि निद्रा कस्तो लाग्यो ? राम्रो या नराम्रो ।
कम्पनीले सुन्तका लागि केही मानिसहरूलाई काउन्सिलिङ समेत गर्नेछ भने सुत्ने तरिकाको निगरानी समेत राख्नेछ । यसपछि विज्ञको सल्लाह दिइनेछ ।
जो मानिस सुत्न जान्छ, उसको निद्राको रेकर्ड हुन्छ । उसको सुत्ने पोजिसनको समेत कम्पनीले जानकारी राख्छ । कम्पनीले विजेताको लागि स्लीप ट्रयाकर समेत दिने बताइएको छ । कम्पनीको नियमअनुसार, यस स्कीममा भाग लिन छानिएको व्यक्तिले १०० दिनसम्म दैनिक ९ घण्टा सुत्न पर्छ । प्रतियोगितामा उही छनौट हुन्छ जसले निद्राभन्दा ठूलो अरू ठान्दैन ।
व्यस्तता र तनावका कारण मानिसहरु सुत्न नसकिरहेको कुरालाई मध्यनजरगरि कम्पनीले यस्तो कार्यक्रम अगाडी बढाएको हो। यदि तपाई पनि यस इन्टर्नशिपमा सहभागी हुन चाहनुहुन्छ भने https://www.wakefit.co/sleepintern मा गई अप्लाई गर्न सक्नु हुनेछ।
एजेन्सी
९ घण्टा सुत्दा १ लाख पुरस्कार