राजनीति

उपेन्द्र यादव 'लाज पचाएर' मन्त्री पद खान सरकारमा बसेकाे आराेप

उपेन्द्र यादव 'लाज पचाएर' मन्त्री पद खान सरकारमा बसेकाे आराेप

काठमाडाैँ – मधेशवादी दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्री पद खानाकै लागि सरकारमा बसेको चर्चा चल्न थालेको छ। 

स्रोतका अनुसार सरकारमा समेल हुने बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको दुई बुँदे सम्झौताको समेत कुनै कार्यान्वयन भएको छैन तर पनि उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव सत्ताको मोहमा केही बोल्न सकेका छैनन्। जसले समग्र मधेशकै बेइज्ज्त भइरहेको छ।

मधेशकाे मुद्दालाई सिँढी बनाएर सरकारमा पुगेका यादव मधेशकै मुद्दा विर्सेकाे मधशी जनताहरुले अाराेप लगाउन थालेका छन्।मधेशका जनतासँग संविधान संशोधन गराउँछु भनी मत मागेका यादव भने अहिले ती मुद्दामा बेखबर छन्।

प्रदेश २ मा समाजवादी र राजपाको सरकार हुँदा पनि प्रदेश प्रमुख नेकपाले आफ्नो मान्छे तोकेको छ तर पनि उपेन्द्र यादव केही बोल्न सकेका छैनन्। जसले उनी लाज पचाएर सरकारमा बसेको मधेशी जनताहरुले आकलन गर्न थालेका छन्।

बालुवाटार स्रोतले दिएको जानकारीअनुसार मन्त्री यादवलाई प्रधानमन्त्री ओलीले सरकार छाडेर जान भन्दा पनि सरकारमा उनी बसेका छन्।

स्रोतले प्रधानमन्त्री ओलीको भनाइलाई उदृत गर्दै भने, मन्त्री यादवलाई सरकारमा बस्नु छ भने सरकारको पक्षमा बोल्नुहोस नत्र सरकारबाट निकलेर जानुहोस।’

मन्त्री यादवलाई प्रधानमन्त्री ओलीले यति भन्दा पनि उनी सरकारमै बसिरहेका छन्। स्रोतका अनुसार मन्त्री यादवमाथि गौर घटनाको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय राैतहटमा दर्ता रहेको छ, त्यो बाट बच्नको लागि पनि उनी सरकार छडिरहेका छैनन्।

विशेष