राजनीति

प्रचण्डकाे सनसनी पूर्ण खुलासा : प्रमाणसहित महरालाई देखाए दाेषी

प्रचण्डकाे सनसनी पूर्ण खुलासा : प्रमाणसहित महरालाई देखाए दाेषी

दाङ – नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सभामुख कृष्णवहादुर महरा प्रकरण बारे सार्वजनिक रुपमा मुख खोलेका छन्। महरालाई दोषी किटान गर्दै उनले दोष अनुसारको सजाय हुनै पर्ने बताए।

बुधवार घोराहीमा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा दाहालले भने ‘उहाँ (महरा) त्यो प्रकरणमा दोषी हुनु भएकै हो,’ उनले भने ‘यसर्थ उहाँलाई उहाँको कसुर अनुसारको सजाय हुनु पर्छ, यो मैले मात्रै हैन, सिंगो राष्ट्रले नै अपेक्षा गरेको कुरा हो।’

उक्त प्रकरण बाहिर आएलगत्तै आफ्नो सोधपुछका क्रममा महराले आँफूलाई ढाँटे पछि झनै यसको पुष्टि भएको समेत दाहालले स्पष्ट पारे। यो घटना बाहिर आएपछि उनले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सत्य तथ्य बुझ्न महरा कहाँ पठाएको र महराले त्यो बेला ढाँटेको दाहालले खुलाए।

‘मैले सत्य तथ्य के हो भनेर नारायण कमरेडलाई पठाएको थिएँ,’दाहालले भने ‘तर महराले त्यो बेला ढाँट्नु भयो र झनै उहाँदोषी हुनुहुन्छ भन्ने प्रमाण फेला पर्दै गयाे।’

थप अनुसन्धानका क्रममा महराको गल्ती सावित हुँदै गएपछि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसंग आँफूले के गर्ने भनेर छलफल गरेको दाहालको भनाइ छ।

‘उहाँको गल्ती सावित हुँदै गएपछि उहाँलाई मैले नै राजीनामा दिनुस् भनेर भनेको हुँ,’दाहालले भने ‘उहाँले राजीनाको बिषयलाई सहर्षै स्वीकार्नु भयो र राजीनामा दिनु पनि भयो।’

महराले माओवादी आन्दोलनका क्रममा गरेको योगदान स्मरणीय रहेको भएपनि उनीमाथि लागेको गम्भीर आरोप प्रमाणित भएपछि जो कसैले सजाय पाउनु उनले पर्ने तर्क गरे।

कृष्ण बहादुर महरा पुष्पकमल दाहाल

विशेष