विचित्र विश्व

यी हुन् विश्वका सबैभन्दा महँगो फल, मुल्य सुन्दा उड्नेछ तपाईको होस

यी हुन् विश्वका सबैभन्दा महँगो फल, मुल्य सुन्दा उड्नेछ तपाईको होस

हामीले सानैदेखि सुन्दै आएका छौं फलफुल खानु स्वास्थ्यका लागि फाइदाजनक छ। यसले शरीरमा प्रसस्त पोषण प्राप्त हुन्छ। यो सर्वशुलभ पनि छ। तर आज हामी दुनियाको यति महँगो फलफूलको बारेमा बताउन जादैछौ जसको मुल्य सुनेर तपाईको शरीरबाट पसिना छुट्ने छ आउनुहोस ति के के हुन् 

युबारी मेलन

सामान्यतया देशका कुना कुनामा विभिन्न प्रकारका मान नसुनेका, फरक र महँगो खालको फलहरु पाइन्छ त्यसैमध्येको एक देश हो जापान।  नेपालमा सामान्यतया एउटा खर्बुजाको मुल्य बढीमा १५० पर्छ।  तर जापानको कुरा गर्ने हो भने यहाँ एउटा खर्बुजालाई  १७ लाखमा किनबेच गर्ने गरिन्छ। जापानमा पाइने युबारी मेलन प्रजातिको खर्बुजा सबैभन्दा महँगो खर्बुजा हो।  सन् २०१४ मा यस प्रजातिको खर्बुजालाई २६ हजार डलरमा बिक्री गरिएको थियो।  

रूबी रोमन अंगूर

जापानमा मात्र पाइने रूबी रोमन अंगूर पनि विश्वको सबैभनदा महँगो फल हो।  यो रातो रंगको हुन्छ।  सन् २००८ देखि उत्पादन सुरु गरिएको यस अंगुरको एक झुप्पामा ३० दाना हुन्छ जसको मुल्य २ लाख ६६ हजार पर्छ।  

लस्ट गार्डेन अफ हेलिगन पाइनएप्पल्स 

बजारमा पाइने भुँईकटहर खान मानिसहरु त्यति रुचाउदैनन सायद यहि कारणले होला इंगल्याण्डमा यसको मुल्य महँगो छ।  इंग्ल्याण्डको लस्ट गार्डेन अफ हेलिगनमा भुँईकटरको खेति सुरु गरिएको छ।  पहेंलो रंगको यस भुँईकटरलाई १६०० डलरमा बिक्री गरिन्छ।    

 एजेन्सीको सहयोगमा 

 

विश्वको सबैभन्दा महँगो

विशेष