विचित्र विश्व

१५ करोडको भैसी, मासिक खानपानमा मात्रै लाग्छ सवा लाख रुपियाँ

१५ करोडको भैसी, मासिक खानपानमा मात्रै लाग्छ सवा लाख रुपियाँ

सुन्दा अचम्म लाग्न सक्छ तर यो कुरा भारतको  राजस्थानको हो।  हालै मात्र भएको पशु मेलामा एक भैसी आकर्षणको केन्द्र बनेको छ, जसको नाम भिम हो।  

जानकारीका अनुसार यस भैंसीको मुल्य १५ करोड बताईएको छ। भैसीले ६ बर्षको अन्तरालमा भैसीले आकर्षक शरीर पाएकाले यसको मुल्य १५ करोड रहेको भैसी मालिकले बताएका छन।  

यस भैसीको वजन १३ सय किलोग्राम रहेको र खानपानमा मात्र महिनामा करिव सवा लाख रुपियाँ लाग्ने भैसीका मालिक जवाहर जहांगीरले बताएका छन।  यसले हरेक दिन १ किलो घ्यु, दुध , मह, काजु बदाम गरिब करिब सवा लाखको खाना खान्छ यसका अलावा यस भैसीलाई दैनिक १ किलो सर्स्युको तेलले मालिस गर्ने गरेको मालिकले बताएका छन।  

यसको हेरचाह गर्नका लागि ४ कामदार खटाईएको छ।  ६ बर्षको यस भैसीको उचाई ६ फिट र लम्बाई १४ फिट रहेको छ।  

 

 

भैंसी भिम

विशेष