विचित्र विश्व

मृत्युको डरले बिगत ३० बर्षदेखि महिलाको भेषमा

मृत्युको डरले बिगत ३० बर्षदेखि महिलाको भेषमा

जिवन अनि मृत्यु प्रकृतिको नियम नै हो।  तर पनि मृत्युको डर सबैभन्दा भयानक डर हो। मानिसहरु मृत्युदेखि भाग्न जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहन्छ तर यो असम्भव छ। उत्तर प्रदेशको जौनपुर जलालपुर थाना क्षेत्रका चिंता हरण चौहान नामक एक ब्यक्ति मर्ने डरले बिगत ३० बर्षदेखि महिलाको भेषमा डुलिरहेका छन। 

चिंता हरण अहिले ६६ बर्षका भए उनका अनुसार उनका परिवारका १४ जना सदस्यको प्रेत्तात्माका कारण चक्करमा मृत्यु भएको थियो।  जसले उनलाई जहिले सताउने गरेको बताएका छन।  १४ बर्षको उमेरमा बिवाह गरेका उनि केहि दिन नबित्दै श्रीमतीको मृत्यु भएपछि एक्लो भए।  २१ बर्षको उमेरमा दिन काट्नका लागि पश्चिम बङ्गाल पसेका चिन्ताले इँटाभट्टामा काम गर्न थाले त्यसै क्रममा एक जना पसलेसंग मित्रता बढ्दै गयो उनले सोहि पसलेको छोरीका साथमा बिवाह गरे।  

तर परिवारले उक्त बिवाह स्वीकार नगरे पछि चिन्ताले श्रीमतीसंग छुट्टिने निर्णय गरे । फेरी उनकी श्रीमतीले उनले धोका दिएको सम्झेर आत्महत्या गरिन। चिन्ताको तेस्रो पटक बिवाह गरियो।  विभिन्न चिन्ताले बिरामी भएका चिन्ताको फेरी एक एक गर्दै परिवारका सदस्यहरुको असामयिक मृत्यु हुन थाल्यो।  

 

चिन्ताका अनुसार उनकी बंगाली श्रीमती सधै उनको सपनामा आउने गरेको र उनको  उद्दार नगरेसम्म परिवारलाई दुख दिने बताउथिन। श्रीमतीले मलाई स्रोह सृंगार गरेर तपाईसंगै राख्नुहोस् अनि मात्र तपाईको परिवारले सुख पाउनेछन भनेकाले उनि बिगत २० वर्षदेखि महिलाको भेषमा स्रोह सृंगार गरेर बस्ने गरेको बताएका छन।  तर उनि यो जीवन पनि ठुलो मुश्किल र डरका साथमा जिईरहेका छन।  

 

चिंता हरण चौहान

विशेष