चिहान रहे पाे तिमी रहनेछौ, तिम्रो पहिचान रहनेछ...,
चिहान क्रान्ति (कविता)
कति बस्छौ चिहानको सन्नाटामा
ए, आत्माहरु हो, उँठ अब रात परिसक्यो
चिहानमा क्रान्ति ल्याउनु छ
कंकाल रुपी अस्थी बोकेर पहिल्याऊ
अँध्याराेमा क्रान्तिको बाटो
चिहानमा क्रान्ति ल्याउनु छ ।
दक्षिणकाे भूतले तिम्रो
सीमारेखा मिच्न थालिसक्यो
उत्तरकाे भूतले तिम्रो
खर्पनमा विष घोल्न थालिसक्यो
तिम्रो पहिचान तिम्रो अस्तित्व
मेटिन नपाउँदै
तिम्रो चेतनाका नशाहरुमा
जहर फैलिन नपाउँदै
उँठ, उँठन..... ए आत्माहरु हो
रात परिसक्यो
चिहानमा क्रान्ति ल्याउनु छ ।
तिम्रै चिहानका केहि
अगुवा आत्माहरु तिम्रो
चिहान बेच्ने दाउँमा छन्
त्यहि दाउँकाे प्रतिक्षा गरिरहेका
बहुरुपी दानवहरू
उत्तर र दक्षिणकाे गाउँमा छन्
उँठ... , बचाँऊ आफ्नो चिहानलाई
बेचिनबाट, मिचिनबाट
चिहान रहे पाे तिमि रहनेछौ
तिम्रो पहिचान रहनेछ...,
उठ तिमी एक
आत्मामै सिमित भएर नबस
देखाऊ ति कुदृष्टि लाउने दानवहरूलाई
तिमि आफैमा एक अस्थिछेदक हाै,भक्त हाै
रक्षक हाै,वीर हाै ,विरंगना हाै र,
एक चिहानप्रेमि हाै,त्यसैले......
विरता देखाउन उँठ , चिहान बचाँउन उँठ,
अस्तित्व जाेगाउन उँठ
उँठ ए आत्माहरु हो अब रातपरिसक्यो
चिहानमा क्रान्ति ल्याउनु छ ।।
-निर्मल बोहरा
चिहान क्रान्ति