मुख्य समाचार राजनीति

पर्साको सखुवा प्रसौनीमा समाजवादी पार्टीका उम्मेद्वार विजयी

पर्साको सखुवा प्रसौनीमा समाजवादी पार्टीका उम्मेद्वार विजयी

वीरगञ्जः पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर ५ मा समाजवादी पार्टीका उम्मेद्दावर विजयी भएका छन् । सखुवा प्रसौनी गाउँपालिका–५ को वडाध्यक्षमा समाजवादी पार्टीका रुपलाल यादव एक हजार ३१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असेश्वर यादवले ८ सय १९ मत पाएका छन् । नेकपाका उम्मेदवार उदय शंकर रौनियारले २ सय ३२, राप्रपाका सदरी महरा ८ र स्वतन्त्र उम्मेदवार गोपाल साह कानुले १६ मत पाएका छन् । २२ मत बदर भएको छ । २ हजार ६०२ जना मतदाता रहेको उक्त वडामा २ हजार १२८ मत खसेको थियोे ।

पर्सा प्रसौनी गाउँपालिका रुपलाल यादव समाजवादी पार्टी

विशेष