राजनीति

नेकपा सचिवालय बैठक शनिबार बस्ने

नेकपा सचिवालय बैठक शनिबार बस्ने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक शनिवार बस्ने भएको छ । नेकपा महासचिव विष्णु पौडेलका अनुसार नेकपाको बैठक शनिवार दिउँसो तीन बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बस्नेछ । बैठकमा उपनिर्वाचनको समीक्षा गरिने भएको छ । साथै, पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक कार्यदिशा, पार्टीको भावी योजना सहितको राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन् । उनले पेश गरेको प्रतिवेदनमाथिपनि छलफल हुने छ ।

यसअघिको बैठकमा मंसिर १४ गते भएको उपनिर्वाचनको समीक्षात्मक रिपोर्टका विषयमा आगामी सचिवालय बैठकमा छलफल गर्ने निर्णय भएको थियो । 
 

विशेष