दूईमुखे सर्पले दुध पिएको तस्बिर सामाजिक संजालमा भाइरल
पृथ्वीमा उत्पन्न भएका जिव जन्तुहरुमा केहि शान्त हुन्छ भने केहि बिषालु हुन्छन। तिनै खतरनाक जीवमध्येको एक जीव हो साप। सर्पको सामान्यतया एउटा मात्र मुख हुन्छ तर पश्चिम बंगालको बेल्दा फरेस्ट रेंजको एकारुखी गाउँमा भने दुई मुख भएको सर्प भेटिएको छ। यस सर्पलाई हेर्न स्थानीयको भिड लागेको छ।
यति मात्र होइन स्थानीयलाई सापलाई भगवान मानेर दुध पिलाउन समेत सुरु गरेका छन। यस सापलाई दुध पिलाईएको तस्बिर हाल सामाजिक संजालमा भाइरल भएको छ। साँपलाई बन विभागले नियन्त्रणमा लिएर सुरक्षित स्थानमा छोड्दिएको छ।
दुई मुखे सर्प भेटिएको यो पहिलो पटक भने होइन यसभन्दा पहिले चीनमा एक किसानको घरभित्र दुईमुखे सर्प भेटिएको थियो जुन साप पनि सामाजिक संजालमा भईरल बनेको थियो।
यति सम्मकी दुनियाँमा एक या दुईमुखे मात्र होइन सात मुखे साँप पनि भेटिन्छ। एकपटक यस्तै सातमुखे सर्प कर्नाटक राज्यमा भेटिएको थियो जसको तस्बिर पनि भाइरल बनेको थियो तर केहि मानिसका अनुसार उक्त सात मुखे सर्प फेक रहेको र यस्तो प्रजातिको सर्प धार्मिक शास्त्रमा मात्र भेटिने बताएका थिए।
दुईमुखे सर्प