राजपा र नेकपाबीच दुई बुँदे सहमति, चुनावमा तालमेल गर्ने
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै दलका शीर्ष नेताहरुबीच भएको छलफलमा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँट गर्नेगरी सहमति भएको हो ।
खाली हुने चारमध्ये दुुई दुई सिट लिने सहमति भएको हो । सहमतिअनुसार राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिनेछ भने नेकपाले महिला र दलित पुरुष लिनेछ । यो सहमतिसँगै दुवैको जित पक्काजस्तै बनेको छ ।
राष्ट्रियसभामा प्रदेश २ का ८ मध्ये चार सिट २० फागुनबाट खाली हुँदैछ । उक्त पदमा ९ माघमा निर्वाचन हुनेछ ।
दुई दलबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्य अघि बढाउने सहमति पनि भएको छ ।
हेर्नुहोस् सहमति :