राजनीति

नयाँ सभामुख चयन गर्न प्रचण्डलाई राजनैतिक दबाब

नयाँ सभामुख चयन गर्न प्रचण्डलाई राजनैतिक दबाब

काठमाडौँ।  संसद् सभामुखविहीन भएको ७९ दिन पुगेको छ। नेकपाले नयाँ सभामुखबारे निर्णय नगर्दा नेताहरू अलमलमा छन्। पूर्वमाओवादी पक्षका नेताले भने पार्टी एकतापूर्वको भागबन्डाअनुसार सभामुख पद नछाड्न अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिएका छन्।

नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादवलगायतले यसबारे सोमबार बिहान दाहालसँग जिज्ञासा राखेका थिए। ‘सभामुख चयनबारे अनेक अडकलबाजी छन्। अबको सभामुख को हो ? हामीले पूर्वएमालेतिर दिने गरी यो पद छाडिसकेको हो र ? ’, उनीहरूले दाहालसँग जिज्ञासा राखे।

स्थायी समिति बैठकमा पेस भएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा समान धारणा बनाउन दाहालले खुमलटारमा उनीहरूलाई बोलाएका थिए। उनीहरूले सुरुमा दाहालको ब्रिफिङ सुनेका थिए। त्यसपछि भने सभामुख चयनका विषयमा जिज्ञासा उठाएको एक नेताले बताए। यो समाचार अन्नपुर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन।  

 

सभामुख चयन

विशेष