१० करोड मूल्य पर्ने घोडा: अधिकतम गति, ८० किलोमिटर प्रतिघण्टा

एउटा घोडाको मुल्य १० करोड रुपैयाँ पर्छ भन्ने सुन्दा तपाईलाई कतिको अचम्म लाग्छ ? नलागोस पनि कसरी किनकि यो सुन्दै अलि अपत्यारिलो छ। तर यो कुरा वास्तविक एउटा घोडाको मुल्य १० करोड तोकिएको छ । यो घोडा महाराष्ट्रको सारंगखेड़ामा चलिरहेको एक उत्सवको क्रममा भेटिएको हो।
मारवाडी प्रजातीको 'शान' नाम गरेको यस घोडालाई पंजावको अमृतसरमा तारा सिंहले पालन पोषण गर्दै आइरहेका छन । हरेक घोडदौड प्रतियोगिताहरुमा च्याम्पियन हुने गरेको 'शान' को गति एक्सप्रेस ट्रेनको भन्दा पनि बढी छ। यसको अधिकतम गति ८० किलोमिटर प्रतिघन्टा रहेको छ।
सारंगखेड़ामा आयोजित् उत्सवमा ५०० भन्दा बढी घोडालाई सहभागी गराईएको थियो तर सबैभन्दा बढी चर्चा 'शान'कै रह्यो किनकि यस्को मूल्य १० करोड तोकिएको थियो।
पाँच वर्षको यस घोडाको उचाई ५.५ फिट रहेको छ । हरेक घोडदौड प्रतियोगिताहरुमा च्याम्पियन बन्दै आएको शानले दैनिक १०० ग्राम शुद्ध घ्यु, चना तथा जौंको दाना खाने गरेको मालिक तारा सिंहले बताएका छन।
घोडा १० करोड मूल्य