मुख्य समाचार राजनीति

कम्युनिष्टको ‘गढ’ धरानमा काँग्रेसको भण्डा, तिलक राई विजयी

कम्युनिष्टको ‘गढ’ धरानमा काँग्रेसको भण्डा, तिलक राई विजयी

धरानः धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई निर्वाचित भएका छन् ।

नेकपाका उम्मेदवार प्रकाश राईलाई करिब २ हजार ७ सय ९५ सय मतले पछि पार्दै तिलक निर्वाचित भएका हुन् । उनले २६ हजार ७ सय ९ मत प्राप्त गरी जित हात पारेका हुन् । नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत पाए ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचत तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन भएको हो ।

धरान उपमहानगरपालिका तिलक राई प्रकाश राई

विशेष