बनारस हिन्दू विश्वविद्यालयमा 'भूत बिद्या' पढाईने
नयाँ दिल्ली । बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) मा भूत बिद्या अर्थात् (साइन्स अफ प्यारानर्मल) को पढाई सुरु हुने भएको छ । जसमा डाक्टरहरुले ‘ममाथि भूत’ को असर छ र ‘म भूतलाई देख्न सक्छु’ भन्ने मानिसको उपचार कसरी गर्ने भनेर सिकाउनेछन् ।
६ महिनाको यो कोर्स नयाँ वर्ष सन् २०२० को जनवरी महिनाबाट सुरु हुनेछ । अधिकारीहरुका अनुसार यो कोर्समा साइकोसोमैटिक डिस्अर्डरको बारेमा पढाइनेछ, जसलाई असामान्य घटनासँग जोडेर देखाइनेछ । यो कोर्सलाई आयुर्वेद विभागले सुरु गर्न लागेको हो ।
बीएचयूका एक जना अधिकारीले समाचार संस्था आईएएनएलाई भने, ‘विश्वविद्यालयमा एक नयाँ इकाइको स्थापना गरिएको छ ।’ आयुर्वेद संकायका संकाय अध्यक्ष डिन भूषण त्रिपाठीले भूत विद्या मुख्यरुपमा साइकोसोमैटिक डिस्अर्डरको बारेमा पढाइनेछ । जुन अज्ञात कारण हुने बिमारी र मन अथवा मानसिक स्थितिको रोगसँग सम्बन्धित छ ।
उनका अनुसार भूत विद्यामा कोर्स सुरु गर्ने यो भारतकै पहिलो विश्वविद्यालय हो । जसमा डाक्टरहरुले आयुर्वेद माध्यमबाट भूतसँग जोडिएका चीजको बारेमा पढाउनेछन् । आयुर्वेद उपचारमा सामान्यतया जडीबुटी, खानपानमा परिवर्तन, मसाज, श्वास लिने र छोड्ने तथा व्यायामको माध्यमबाट उपचार गरिनेछ ।
अब भूत विद्याको पढाइ नै हुने भएपछि सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको छ । केहीले यसलाई नाममा नै विवाद रहेको र केहीले राम्रो विकल्प हुनसक्ने बताएका छन् ।
भूत बिद्या