राजनीति

भारतीय राजदूतलाई प्रधानमन्त्रीले करुवा दिएपछि कमल थापालाई किन हुटहुटी ? 

एका विहानै गरे ट्वीट

भारतीय राजदूतलाई प्रधानमन्त्रीले करुवा दिएपछि कमल थापालाई किन हुटहुटी ? 

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी यही जनवरी एकमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कँदैछन् ।  सन् २०१७ मार्च २६ देखि यहाँ भारतीय राजदूतकारुपमा रहेका पुरी अचेल बिदाइ भटमा व्यस्त छन् । पुरीले राष्ट्रपतिदेखि विभिन्न राजनीतिक दलका नेतासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरीलाई करुवा उपहार दिएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका नेताहरुले सामुहिक बिदाइ भेट गरे । यसै विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भारतीय राजदूत मन्जीभसिंह पुरीको बिदाइमा नेताहरुको ‘अस्वाभाविक व्यवहार देखिएको’ बताएका छन् ।

विभिन्न देशका राजदूतहरु आउने–जानेक्रम चलिरहने र त्यो स्वाभाविक प्रक्रिया भएको उनले उल्लेख गरेका छन् । शनिबार बिहान आफ्नो ट्वीटमा उनले लेखेका छन्–‘तर, अहिले भारतीय राजदूतको बिदाइको सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुको अस्वाभाविक व्यवहार देख्दा लज्जाबोध हुन्छ ।’

देशमा ठूलो परिवर्तन भएपनि ‘नेताहरुको राणाकालीन आत्मसमर्पणवादी मानसिकता भने झन् बढेर गएको’ उनको आरोप छ ।

उनले लेखेका छन् –‘ राजदुतहरु आउने जाने क्रम चलिरहन्छ।त्यो स्वभाविक हो।तर,अहिले भारतिय राजदुतको बिदाईको सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुको अस्वभाविक व्यवहार देख्दा लज्जावोध हुन्छ।देशमा ठुलो परिवर्तन भयो,गणतन्त्र आयो भनिन्छ तर नेताहरुको राणाकालिन आत्मसमर्पणवादी मानसिकता भने झन बढेर गयो।'

विशेष