निषेधित क्षेत्र तोड्न खोज्दा पक्राउ परे सीपी
काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेल पक्राउ परेका छन् । गजुरेललाई अनामनगरको हनुमानस्थानबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीसँगै अन्य १५ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा परी थापा लगायत छन् ।
सीमासम्बन्धी विषयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका गजुरेलसहित क्रान्तिकारी माओवादी कार्यकर्तालाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो ।
निषेधित क्षेत्र तोड्न खोजेकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सिंहदरबारभित्र चारजनालाई मात्र जान अनुमति दिइएपनि गजुरेलसहितका नेता कार्यकर्ताले पूरै समूह नै जान पाउनुपर्ने अडान लिँदै निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको थियो ।
त्यसक्रममा झडपसमेत भएको थियो । झडपमा प्रहरी निरीक्षक वेद पौडेल र प्रहरी सहयाक निरीक्षक मानबहादुर तामाङ घाइते भएका छन् ।