नेकपा सचिवालयमा ओलीकै छेउमा दाहाललाई पनि कुर्सी
काठमाडौँ । सचिवालय बैठकमा पहिलो पटक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बस्ने व्यवस्था मिलाइएको छ ।
ओलीको अस्वस्थताका कारण एक हप्ता लामो स्थायी कमिटि बैठक एक्लै अध्यक्षता गरेका दाहाललाई सचिवालय बैठकमा ओलीसँगैको लाइनमा छुट्टै कुर्सीमा बस्ने व्यवस्था मिलाइएको हो ।
यसअघि ओली अघिल्लतिर छुट्टै र दाँयापट्टी अन्य नेताहरुभन्दा सबैभन्दा अगाडि अध्यक्ष दाहाल बस्दै आएका थिए ।