वृद्धाश्रमभित्रै प्रेम: ६७ वर्षका वृद्ध र ६५ वर्षीया वृद्धाले गरे विवाह
भनिन्छ, माया प्रेममा उमेर, वर्ग, जात केहीको पनि हदबन्दी हुदैन । जसको यथार्थ उदाहरण एक जोडीले दिएका छन । भारतको केरला स्थित ६७ वृद्ध र ६५ वर्षीय वृद्धाले सात फेरा लिएका छन ।
६७ वर्षका कोछानियान मेनन र ६५ बर्षीय लक्ष्मी अम्मालले पारम्परिक रितिरिवाज अनुसार धुमधामसँग विवाह गरेका हुन् । वैवाहिक समारोहमा मन्त्री तथा नेताहरुको पनि सहभागिता रहेको थियो।
यी दुईको चिनजान केहि वर्ष अघि भएको थियो तर, बिचमा यिनीहरु सम्पर्कमा रहेनन । कोछानियान परिवारले छोडेपछि वृद्धाश्रममा बस्दै आएका थिए भने लक्ष्मी पनि पतिको निधन पश्चात सोहि आश्रमको शरणमा पुगेकी थिइन् ।
वृद्धाश्रममा बस्दा बस्दै बसेको प्रेमसम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।
प्रेमलीला