राजनीति

'वीपीको विचारलाई आत्मसात गर्न नसक्दा नेपाली कांग्रेस कमजोर भयो': कुलबहादुर गुरुङ

'वीपीको विचारलाई आत्मसात गर्न नसक्दा नेपाली कांग्रेस कमजोर भयो': कुलबहादुर गुरुङ

काठमाडौँ।  । वीपी बिचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले नेपाली कांग्रेसले बिपीको बिचारलाई आत्मसाथ गर्न नसकेको बताएका छन् ।

राष्ट्रिय मेलमिलापको सन्दर्भमा आज(सोमबार) वीपी बिचार राष्ट्रिय समाजले काठमाडौमा गरेको कार्यक्रममा उनले वीपीको बिचार आत्मसाथ गर्न नसक्दा नेपाली कांग्रेस कमजोर भएको बताए । उनले राष्ट्रिय एकता अहिलेको आवश्यकता भए पनि दलहरुबीच एकता हुन नसक्दा मुलुक कमजोर भएको बताएका छन । 

उनले नेपाली काँग्रेसभित्र बढ्दै गएको गुट उपगुटका कारण नेपाली कांग्रेस समाप्त हुने पनि बताए ।वीपी बिचार राष्ट्रिय समाजका सह अध्यक्ष गोबिन्दराज जोशीले पार्टीभित्र बिचार र सिद्धान्तको राजनीति भन्दा पदको राजनीति हावी हुँदा कांग्रेस धाराशायी हुदै गएको बताए ।

उनले राष्ट्रिय मेलमिलापको सन्दर्भमा प्रजातन्त्र सेनानी तथा जिउदो शहिद केवी गुरुङ, प्रजातान्त्रिक आन्दोलनका योद्धाहरु रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, सरोजप्रसाद कोइराला, दिवानसिंह राईलगायतको योगदानको बारेमा पुस्तक लोकापर्ण गरिने पनि बताए । 

कुलबहादुर गुरुङ

विशेष