कोहि मानिस कालो अनि कोहि गोरो, यस्तो कसरी हुन्छ ? जान्नुहोस
मानिस सबै एकै हुन तर देश र परिवेश अनुसार मानिसको शारीरिक बनावट, स्वरुप, रंग आदि भिन्न प्रकारका हुन्छन । रंग हेर्ने हो भने मानिस २ प्रकारका हुन्छन एक कालो र अर्को गोरो। तर यसो किन हुन्छ कहिले सोच्नु भएको छ। छैन भने यसको बारेमा हामी तपाईलाई बताउन जादैछौं।
मानिसको त्वाचामा रंगिन पदार्थ हुन्छ जसलाई 'पिगमेन्ट' भन्ने गरिन्छ। यसै कारणले गर्दा मानिसको छालाको रंग कालो र सेतो भएको हो।
अरु के छ त कारण ?
जब पराबैजनी किरणले हाम्रो शरीरमा पर्छ तब यसको सिधा असर शरीरका तन्तुहरुद्वारा छालासम्म पर्न जान्छ। जसले गर्दा छालाको रंग कालो हुन्छ यस प्रक्रियालाई मेलानिन पनि भन्ने गरिन्छ। यसरी जब शरीरमा 'मेलानिन' बन्न थाल्छ यसको प्रभावले छाला अत्यधिक कालो या गहुँगोरो हुन्छ। जहाँसम्मकी चिसो स्थानमा बस्ने मानिसमा मेलानिन कम बन्छ र उसको छालाको रंग पनि सेतो हुन्छ।
उदाहरणका लागि अफ्रिकालाई नै लिउ अफ्रिकाको तापक्रम अधिक रहेकाले यहाँका मानिसको शरीरको रंग कालो भएको हो। त्यस्तै नेपालकै कुरा गर्ने हो भने पनि यहाँ पहाडी भेगमा भन्दा तराई भेगको तापक्रम बढी हुने भएकाले यहाका मानिसहरुको छालाको रंग अन्य स्थानका मानिसको तुलामना बढी कालो हुन्छ।
भौगोलिक विविधताका कारण यहाँ बस्ने मानिसहरु एकै प्रकारको देख्न मुश्किल छ। कोहि कालो, कोहि गहुगोरो त कति गोरो छन। केहि छैन मनुष्यको छालाको रंग जस्तोसुकै होस बश उसमा मानवता हुन् पर्य। मानवताको न कुनै रंग हुन्छ न त कुनै स्वरुप नै। तर केहि देशमा आज पनि त्वाचाको रंगले उसलाई हिनभावले हेर्ने गरिन्छ यो बिल्कुलै गलत हो।
त्वाचाको रंग