विचित्र विश्व

फोन उठाउदा सबैभन्दा पहिले 'हेल्लो' किन भनिएको होला ?

फोन उठाउदा सबैभन्दा पहिले 'हेल्लो' किन भनिएको होला ?

बिज्ञान र प्रविधिको बिकासले पछिल्लो समय धेरै कुराहरु सहज हुदै गइरहेको छ।  प्रविधिको विकाससंगै पछिल्लो समय अत्यधिक प्रयोगमा आएको साधन हो मोबाईल फोन । पछिल्लो समय के बुढा , के बयस्क अनि के युवा सबैका माझ फोन लोकप्रिय संचारको साधन बन्न पुगेको छ।  तर फोन उठाउदा सबैभन्दा पहिले हाम्रो मुखबाट 'हल्लो 'शब्द किन निस्किन्छ यसको बारेमा कहिले सोच्नु भएको छ ? कस्तो अचम्म फोन रिसिभ गर्दा 'हेल्लो' को सट्टा अरु नै शब्द पनि त भन्न सकिन्थ्यो नि तर किन यहि भनेकै होला , अब त यो शब्द हाम्रो आदत भैसक्यो, तर फोन उठाउदा पछिको हेल्लो को रहस्य के हो त आउनुहोस् यसको बारेमा केहि जान्ने कोसिस गरौँ 

अक्सफोर्ड इंगलिस डिक्सनरीका अनुसार 'हल्लो' शब्द जर्मनी शब्द 'हाला' बाट बनेको हो ।  यानकी यो शब्द पुरानो फ्रान्सेली या जर्मनी शब्द 'होला' बाट बिकसित भएको हो । जर्मन भाषामा 'होला' को मतलब 'कस्तो हुनुहुन्छ' भन्ने हुन्छ ।  

प्राचिन समयमा यस शब्दको प्रयोग जलसैनिकहरुले गर्ने गर्थे। पछि बिकसित हुदै जाँदा 'होला' शब्द हेल्लो बन्न पुग्यो जुन शब्द शिकारी तथा माझीहरुमा बढी प्रयोग हुन थाल्यो।  

सायद तपाईलाई यो कुरा सुन्दा अलि अचम्म लाग्न सक्ला, जब ग्रामबेलले पहिलोपटक टेलिफोनको आविष्कार गरे त्यसबखत हेल्लोको ठाउँमा मानिसहरु एहोई (Ahoe) भन्ने गर्थे ।   

ग्रामबेलले टेलिफोनको आविष्कार सन् १८७६ मार्च १० मा गरेका हुन् ।  केहि  व्यक्तिहरुका अनुसार 'हेल्लो' को पछाडी ग्रामबेलको लभस्टोरी जोडीएको छ तर यो भने बिल्कुलै होइन ।  टेलिफोन आविष्कार भएपछि ग्रामबेलले सबैभन्दा पहिले आफ्नी गर्लफ्रेन्डलाई फोन गरेका र मायाले 'हेल्लो' भनेकाले यो प्रचलन रही आएको मान्यता रहेको छ ।   

तर उनकी गर्लफ्रेन्डको नाम त 'मबेल हबबर्ड' थियो।  त्यसैले यो कुरा तर्कसंगत नभएको धेरैको तर्क पनि छ ।  

#हेल्लो

विशेष