विचित्र विश्व

मुस्लिम महिलाले किन लगाउछन् बुर्का ? जान्नुहोस कारण

मुस्लिम महिलाले किन लगाउछन् बुर्का ? जान्नुहोस कारण

हरेक देशअनुसार धर्म, संस्कृति, भेषभुषा, रितिरिवाज फरक फरक हुने गर्छ ।  विश्वमा धेरै प्रकारका धर्म छन र धर्मसँग जोडिएका रितिरिवाज पनि अलग अलग छन ।  धर्मको पालना गर्ने सबैले योसँग जोडिएको रितिरिवाज र नियमलाई पनि राम्ररी पालना गर्ने गर्छन ।  अन्य धर्मका अलावा इस्लाम धर्मको नियम र परम्परा भने अलि फरक छ । यस धर्ममा महिलाहरुले बुर्का लगाउनु पर्ने मान्यता रहेको छ।  

कतिपयलाई यसको बारेमा जानकारी नहुन सक्छ कि मुस्लिम महिलाहरु आखिर किन बुर्का लगाउछन यसका बारेमा आज हामी तपाईलाई केहि जानकारी दिन जादैछौं आउनुहोस 

इस्लाम धर्मको सबैभन्दा महत्वपुर्ण धार्मिक ग्रन्थ कुरान हो ।  इस्लाम धर्मको सम्पूर्ण रितिरिवाज यसै ग्रन्थमा आधारित रहेको छ ।  कुरानमा मुस्लिम धर्मको रितिरिवाज, रहनसहन, भेषभुषा, खानपान आदि नियमका बारेमा सम्पूर्ण जानकारी उल्लेख गरिएको छ।  

कुरानमा इस्लाम महिलाले कस्तो कपडा लगाउनु पर्छ ? भन्ने बारेमा पनि उल्लेख गरिएको छ ।  कुरानको अनुसार मुस्लिम महिलाले यस्तो कपडा लगाउनु आवश्यक छ जसको आँखा, अनुहार, हात, खुट्टा कुनै अन्जान पुरुषले नदेखोस यसै कारणले गर्दा मुस्लिम महिलाहरु आफ्नो शरीर ढाक्ने बुर्का लगाउने गर्छन।  उसो त आजभोलि  बुर्का लगाउने स्टाईल नै भएको छ ।  

बुर्का मुस्लिम महिला

विशेष