राजनीति

शिक्षामा निजी क्षेत्र निषेधित गर्नु हुन्न : प्रचण्ड

शिक्षामा निजी क्षेत्र निषेधित गर्नु हुन्न : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा निजी क्षेत्रलाई निषेध गर्न नहुने बताएका छन् । विगतको तुलनामा परिस्थिति बदलिसकेको भन्दै उनले निजी क्षेत्रलाई निषेधभन्दा सामुदायिक सुधार्नेमा ध्यान दिनुपर्ने बताए ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकामा एक विद्यालय भवनको उद्घाटन गर्दै प्रचण्डले भने – ‘सामुदायिक विद्यालयलाई उकास्नुपर्छ । पहिलाको जस्तो स्थिति छैन। स्थिति फेरिइसकेको छ।’

उनले निजी क्षेत्रलाई पनि निषेध गर्न खोजेर, राज्यले दमन गरेर नियन्त्रण गर्न नहुने बताए । उनले भने, ‘सामुदायिक विद्यालयहरुलाई राम्रो गरिदिएपछि स्वतः निजी र सार्वजनिकको सन्तुलन कायम हुन्छ।’

उनले अहिले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गरेर निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सन्तुलन कायम गर्नेतिर रहेको बताए। 

विशेष