महानगरले बाड्यो ९ नगरपालिकालाई एकएक करोड
काठमाडौं। काठमाडौं महानगरपालिकाले जिल्लाका ९ नगरपालिकालाई जनही एक एक करोड रुपैयाका दरले सहयोग रकम बाडेको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरले नगरपालिकाहरुलाई ९ करोड रुपैयाँ हस्तान्तरण गरेको हो।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ९ नगपालिकाका प्रमुख हरुलाई चेक हस्तान्तरण गरेका हुन् । जिल्लामा रहेका १० नगरपालिका मध्ये टोखा नगरपालिकाले भने यसअघि नै रकम बुझिसकेको छ ।
चेक हस्तान्तरणपछि महानगर प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको विकासका लागि छिमेकी नगर समृद्ध नभई महानगर एक्लै समृद्ध हुन नसक्ने बताए। कामको प्रगति र योजना हेरेर रकम थप पनि हुन सक्ने जानकारी दिए।
महानगरले उपलब्ध गराएको रकम प्रचलित खरिद ऐनको प्रावधान बमोजिम खर्च गर्नुपर्ने सम्झौतामा उल्लेख छ। महानगरपका सुचना अधिकारी बसन्त पन्तका अनुसार काठमाडौंका १० नगरमध्ये ८ वटाले पार्क तथा हरियाली प्रवर्द्धन गर्नका लागि खर्च गर्ने योजना महानगरमा पेश गरेका छन्। त्यस्तै बाकि २ वटा नगरपालिकाले भने धाम निर्माण गर्ने योजना अघि सारेका छन्।
यो रकमबाट किर्तिपुर नगरपालिकाले युद्ध स्मारक पार्क,शंखरापुर नगरपालिकाले हरित उद्यान,कागेश्वरी मनहरा कागेश्वरीधाम, गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थित गर्नेछन्।
बुढानिलकण्ठले बुढानिलकण्ठ पार्क, तारकेश्वर नगरपालिका तारकेश्वर धाम, नागर्जुन नगरपालिकाले गणेशमान स्मृति पार्क, चन्द्रागिरि ऐतिहासिक सांस्कृतिक पर्यटन क्षेत्र तयार पार्ने, दक्षिणकाली गोरखनाथ मन्दिरबाट ३ सय मिटर माथिबाट दक्षिणकालीसम्म सिँडी र अरु संरचना बनाउने योजना बनाएका छन्।
काठमाडौँ महानगरपालिका