राजनीति

किसानका उत्पादित वस्तुको बजारीकरणको जिम्मा सरकारको : मन्त्री आर्याल

किसानका उत्पादित वस्तुको बजारीकरणको जिम्मा सरकारको : मन्त्री आर्याल

स्याङ्जा भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको जिम्मा सरकारले लिने बताएकी छन् ।

 

तुलसीभञ्ज्याङमा शनिबार साना किसान कृषि सहकारी संस्था लिमिटेडले गरेको साना किसान कृषि सहकारी संस्थाहरुको व्यवस्थापन हस्तान्तरण कार्यक्रममा उनले देशमा बढ्दो बेरोजगारी समस्या र गरिवी न्यूनीकरणका लागि सबै जनतालाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिइन् ।

 

उनले स्रोत र साधनको सही सदुपयोग गर्न नसके आत्मनिर्भर बन्न नसकिने बताउँदै यसका लागि गाउँगाउँबाट अभियान थाल्नुपर्ने बताइन् । साना किसान सहकारीलाई ठूला उद्योग र हाइड्रोपावरमा लगानी गर्न उनले आग्रह गरिन् ।

 

सरकार भूउपयोग नीति ल्याउने तयारीमा रहेको उल्लेख गर्दै उनले भूउपयोगसम्बन्धी स्पष्ट नीति नहुँदा खेतीयोग्य जमीन मासिँदै गएको र गाउँघरमा जमीन बाझो हुने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरिन् । मन्त्री अर्यालले जनताको स्वामित्वमा रहेको जमीन सके सरकार आफैँले भाडामा लिएर काम गर्ने र अरु कसैले चाहे भाडामा दिएर भए पनि खेतीयोग्य जमीनको सदुपयोग गर्नुपर्ने बताए ।

पद्मा अर्याल किसान

विशेष