राजनीति

दाहालको गृहजिल्लामा चार अर्बसहित ओलीको गृहजिल्लामा दर्जनौँ योजना

दाहालको गृहजिल्लामा चार अर्बसहित ओलीको गृहजिल्लामा दर्जनौँ योजना

काठमाडौं । सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताले आ-आफ्नो निर्वाचन क्षेत्र र गृहजिल्लालाई प्राथमिकता दिएर विभिन्न योजना पारेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा ३६ वटा महत्वपूर्ण योजना सञ्चालनमा छन् । करिब चार अर्ब रुपैयाँका ती योजनामध्ये धेरै दाहालको निर्वाचन क्षेत्रमा छन् । दाहाल चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 

 

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा र निर्वाचन क्षेत्र नम्बर ५ मा पर्ने यसैगरी योजना पारिएको छ । ओलीको निर्वाचन क्षेत्रसहित झापामा दर्जनौँ ठुला योजना पारिएको छ । 

 

दाहाल चितवनबाट विजयी भएपछि उनी जिल्ला आउने क्रम मात्र बढेको छैन । विकास योजना पनि ओइरिएका छन् । जिल्लामा उनको पहलमा पारिएका ३६ वठा महत्वपूर्ण योजनाको काम भइराखेको दाहालकी स्वकीय सचिव (चितवन क्षेत्र नम्बर ३) निशा न्यौपाने बताउँछिन् । यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

केपी शर्मा ओली पुष्पकमल दाहाल 'प्रचण्ड'

विशेष