राजनीति

गृहमन्त्री ज्यू ! हावा कुरा किन ? बिखण्डनकारीलाई कारवाही गर्न कसले रोक्यो ? 

सीडीओ प्रदेश मातहत हो कि सीडीयो मातहत प्रदेश ?

गृहमन्त्री ज्यू ! हावा कुरा किन ? बिखण्डनकारीलाई कारवाही गर्न कसले रोक्यो ? 

बिश्लेषक अरुणकुमार सुवेदीको टीप्पणी थियो, ‘यो सरकारका मन्त्रीहरुमा ‘ओभर स्मार्ट’ हुने रोग लागेको छ । यी बुढा पनि बढी नै आलोचना गर्छन जस्तो लागिरहेको थियो । तर, के गर्नु केहीबेरमै संसद्मा गृहमन्त्री रामबहादुर थापाले बोलेको कुरा सुन्दा नपत्याई सुखै भएन । 

 


गृहमन्त्री थापाले प्रतिनिधिसभा बैठकमा सांसद्हरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै देश टुक्र्याउन चाहने विखण्डनकारीहरु सल्बलाइरहेको बताए । देशको गृहमन्त्रीले देश टुक्र्याउन बिखण्डनकारीहरु सल्बलाइरहेको भए ‘एक्सन’ मा जाने कि उत्तेजना फैलाउने ? 

 


बिश्लेषक सुवेदी कृषी मन्त्रीले तरकारी बजारको अनुगमन र उर्जा मन्त्रीले मिटर काट्न हिंडेको देखेर मरीमरी हाँस्छन् । ‘मन्त्रीले नीति बनाउने कि सस्तो लोकप्रियता बटुल्न नौटंकी गर्दै हिंड्ने  ? यो ओभरस्मार्ट हुने रोग हो । ’ सुवेदी बताउँछन् । 

 


गृहमन्त्री थापामा पनि ओभर स्मार्ट हुने रोग छ । एकपटक यीनले थापाथली चोकमा पुगेर सवारीसाधनको प्रदुषण चेकजाँच गरेका थिए । त्यो बेला बन तथा वातावरण मन्त्री शक्ति बस्नेत पनि साथमै थिए । 


गृहमन्त्री थापाले जेलमा गएर बालकृष्ण ढुंगेललाई मात्र भेटेनन् प्रहरीको मेसमा खाना खाएर ‘पपुलारिटी’ लिन खोजे । 


अहिलेको प्रसंग पनि करिब करिब त्यस्तै छ । गृहमन्त्री जस्तो मान्छेले मुलुकमा बिखण्डनको चलेखेल भैरहेको संकेत मात्र पनि पाउने वित्तिकै त्यसको पहिचान गरी कडाइपूर्वक एक्सनमा जानुपर्ने हो । ठूला माछालाई नछाड्ने गफ बिक्न छोडेपछि अहिले उनी अर्को ‘सेन्टिमेन्स’ सृजना गर्न खोजिरहेका छन् ।

 

ख्वै ३३ किलो सुन प्रकरणको कुरा कहाँ सेलायो ? आरोपीहरु एकपछि अर्को गर्दै छुटिरहेका छन् । निर्मलाका बलात्कारी र हत्यारा किन पक्राउ गर्न नसकेको ? 

 


दैनिक बलात्कार, हत्या, चोरी, ठगी, डकैती, खुलेआम घुस, भ्रष्टाचार मौलाएर सर्वसाधारण बौलाउन थालिसके । कसैले सानो आश लाग्दो काम गरेपनि मानिसहरुमा ठूलो आत्मबिश्वास पलाउन थाल्छ । गृहमन्त्री जस्तो पदमा बसेको मान्छेले अभै त्रास सृजना गर्ने कि समाधान दिने ? 

 


गृहमन्त्री थापाको अर्को हावादारी र विवादास्पद कुरा छ । प्रहरीको परिचालन प्रदेश सरकारले नै गर्ने र सीडीओले त्यसको समन्यवय गर्ने रे । यो कसरी सम्भव छ ? 

 


सीडीओ प्रदेश मातहत हो कि सीडीयो मातहत प्रदेश ? यो स्पष्ट छैन । बुझिएअनुसार सीडीओलाई चलाउने केन्द्रबाट हो । अनि सीडीयोले प्रदेश सरकारसंग समन्वय गर्ने भनेको के ? कसले भनेको कसले मान्ने ? आदि इत्यादी कुरा स्पष्ट हुन सकेका छैनन् । अहिलेको सरकारले संघीयता समाप्त पार्न खोज्यो भन्ने आरोपलाई मात्र यसले बल पुर्याउने  छ । 

 

गृहमन्त्री थापाले स्वायत्तताका नाममा देश टुक्र्याउन चाहनेहरु देखापरिरहेका छन् भनेछन् । को हुन ती ? चिनाउनु पर्दैन ? 


नेपालको सीमाना खुला रहेको र स्वायत्तताका नाममा पृथकतावाद देखा परेको भनेर पनि भनेछन । उनका अनुसार यसलाई रोक्न कानुन बनाउने र त्यसै अनुसार  प्रहरी विधेयक आएको छ । 

 


गृहमन्त्रीबाट पाएको जवाफलाई सांसदहरुले कसरी लिए, भोलिका दिनमा देखिएला तर गृहमन्त्री ‘एक्सन ओरिएन्टेड’ भएनन् भने उनको यो ‘स्टन्ट’ पनि काम लाग्ने छैन ।

 

मुलुकलाई बर्बाद हुनबाट जोगाउन गफ होइन गृहमन्त्री ज्यू ....अब सिधा ‘एक्सन’ मा जानु पर्यो । सानालाई ऐन ठूलालाई चैन होइन, ऐन सबैलाई हुनुपर्यो । अन्यथा बिश्लेषक सुवेदी सरले भने जस्तै तपाईलाई पनि ‘स्मार्ट हुने रोग’ लागेको भन्नुपर्ने हुन्छ । 
 

राम बहादुर थापा गृहमन्त्री

विशेष