राजनीति

अर्थमन्त्री भन्छन् : झुण्डझुण्ड रणनीतिले पूर्वाधार विकास गर्न सकिएन

अर्थमन्त्री भन्छन् : झुण्डझुण्ड रणनीतिले पूर्वाधार विकास गर्न सकिएन

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले एकीकृत योजनाअनुसार सडक लगायत सम्पूर्ण पूर्वाधार विकासका योजना अघि बढाउनुपर्ने बताएका छन्।

 

व्यवस्थापन संघ नेपालले मंगलबार राजधानीमा गरेको राष्ट्रिय व्यवस्थापन सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले झुण्डझुण्ड रणनीति बनाएर पूर्वाधार विकास गर्न नसकिने बताएका हुन्। उनले सम्पूर्ण सार्वजनिक यातायात सरल, सहज र सुरक्षित बनाउने हो भने एकीकृत ढंगको यातायात पूर्वाधारको विषयमा सोच्नुपर्ने बताए। उनले सडक, रेल, पानी जहाजदेखि सम्पूर्ण यातायातका साधनस्रोतका संरचनालाई लागत प्रभावी, वातावरणमैत्री, पूर्ण क्षमतामा उपभोग गर्न सकिने र मर्मतसंभार तथा संञ्चालनको खर्च व्यवस्थापन संगै सरोकारित संस्थाको भूमिका लगायत विषयलाई एकीकृत रुपमा योजना बनाई दीर्घकालीन सोच अनुसार कार्यान्वयन गरिनुपर्नेमा जोड दिए।

 

अर्थमन्त्री खतिवडाले व्यवस्थापन संघ आफैमा व्यवसायीक र महत्वपुर्ण रहेको भन्दै व्यवसायिक कार्यमा सहकार्य र सहयोग गर्न सरकार सधै तयार रहेको बताए। उनले युवालाई व्यवस्थापनको साथै नेतृत्वमा ल्याउने गरि काम गर्न सुझाव दिए। कार्यक्रममा सहभागीहरूले एकीकृत योजना विना सडक लगायतका पुर्वाधार निर्माणका काम नगर्न सुझाव दिएका थिए।

अर्थमन्त्री युवराज खतिवडा

विशेष