यी चारलाई मन्त्रीबाट हटाउने तयारी, तपाईंलाई कस्तो लाग्यो ?
रवीन्द्र अधिकारी, रघुवीर महासेठ, चक्रपाणि खनाल र जगत विकलाई हटाउने तयारीमा ओली
काठमाडौं । सम्भवतः शेरबहादुर तामाङ हटाइएको शैलीमा तत्कालीन एमालेका पर्यटन, श्रम, भौतिक योजनासहित पूर्वमाओवादीतर्फका कृषि खेलकुदमन्त्री पनि शिकार हुने लक्षण छ ।
स्पष्ट बोलेर सरकारको दह्रो रक्षाकवच बनेका र छोटै समयमा मिडियासम्बन्धी थुप्रै नियम, कानुन, नीतिगत निर्णय गर्न सक्षमको परिचय बनाएका सञ्चारमन्त्रीलाई अझै महत्वको र चुनौतीपूर्ण मन्त्रालय दिइने सम्भावना पनि उत्तिकै छ ।
अर्थमन्त्रीको बारेमा पार्टी नेताबीच केही ‘रिजर्भेसन’ छ । मन्त्रीहरुको कामको समीक्षासँगै गुटगत सुन्तुलन मिलाई मन्त्रिमण्डल पुनर्गठन हुने नेकपाका एक वरिष्ठ नेताले बताए । शीर्ष नेताबीच अर्थमन्त्री डा. युवराज खतिवडाको बारेमा केही चर्चा चलेका छन् ।
उनले राष्ट्र बैंकमा कार्यरत ज्वाईं डा. रामशरण खरेलललाई ल्याएर मन्त्रालय चलाएको गुनासो छ । भन्न नसके पनि उकुसमुकुस भएर अर्थसचिव राजन खनाल त्यहाँबाट उम्किन चाहेका छन् ।
यो समाचार जनआस्था साप्ताहिकबाट लिइएको हो ।