प्रधानमन्त्रीले आज देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको वर्षदिन पुगेको उपलक्ष्यमा सरकारका उपलब्धिहरू समेटेर प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्ने छन्। गत वर्ष फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो।
केपी शर्मा ओली सम्बोधन