राजनीति

हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्वारा आन्दोलन घोषणा

हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्वारा आन्दोलन घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेलगायत २२ बुँदे माग अघि सारेको गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष कमल थापाले माग पूरा नभए चैत पहिलो साताबाट सरकारविरुद्ध सशक्त आन्दोलन सुरु गर्ने घोषणा गरे ।  

 

राप्रपाले संविधानमा रहेको धर्मनिरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न तथा संघीयताबारे राष्ट्रिय जनमत संग्रह गर्न माग राखेको छ । पार्टीले राजसंस्थासहितका सबै राजनीतिक शक्ति अटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलनको मागसमेत दोहोर्‍याएको छ ।

 

थापाले सरकारलाई माग पूरा गर्न दबाब दिन फागुन ७ देखि जनसंघर्ष कार्यक्रम थाल्ने जानकारी दिए । उनले हिन्दु राष्ट्र पुनः स्थापनाका लागि फागुन १५ देखि चैत १ सम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गर्ने बताए ।

राप्रपा आन्दोलन

विशेष