पाँच सचिवको सुरुवा, को कहाँ पुगे?

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच जना सचिवको सरुवा गरेको छ ।
सोमबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अतिरिक्त समूहका सचिव दीपेन्द्रनाथ शर्मा, खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र रक्षा मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साललाई सरुवा गरेको हो ।
खानेपानी मन्त्रालयका सचिव ठाकुरलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत अतिरिक्त समूहमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव शर्मालाई खाने पानी मन्त्रालयमा सरुवा गरिएको छ स्रोतले बतायो। त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव देवकोटालाई युवा तथा खेलकुद मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका सचिव सापकोटालाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको छ भने रक्षाका सचिव लम्सालको पनि सरुवा भएको छ।
मन्त्रिपरिषद् सचिव सरुवा