राजनीति

महासमितिका सुझाव उल्ट्याउन खोजेपछि कांग्रेसमा बबाल, केन्द्रीय समिति बैठक नै बस्न सकेन 

महासमितिका सुझाव उल्ट्याउन खोजेपछि कांग्रेसमा बबाल, केन्द्रीय समिति बैठक नै बस्न सकेन 

नेपाली कांग्रेसमा महासमिति बैठकका निर्णय नै उल्ट्याउने प्रयास भएपछि केन्द्रीय समिति बैठक नै प्रभावित भएको छ । 

 


पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरु वडाबाटै चुनिएर आउनुपर्ने तथा एक जनाले एकपटक मात्रै आरक्षण पाउने महासमितिको सुझाव उल्ट्याउन खोजिएपछि बिहीबारका लागि बोलाइको केन्द्रीय समिति बैठक बस्न सकेन । 

 


खासगरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महासमिति बैठकको सुझाव बिधानमा राख्न आनाकानी गरेका हुन् । केही युवा केन्द्रीय सदस्यसहित कृष्ण सिटौला पक्षले महासमितिको सुझाव लत्याउन नसकिने अडान लिएपछि बिहीबार बैठक नै बस्न सकेन । अहिले शीर्ष नेताहरुले केन्द्रीय समितिमा विवाद देखाउनु भन्दा सहमतिमा बिधान पारित गर्ने तयारी गरेका छन् । 

 


कांग्रेस केन्द्रीय कार्यसमितिको अर्को बैठक फागुन १२ गते बिहान ११ वजेका लागि बोलाइएको छ । 
 

नेपाली काँग्रेस

विशेष