राजनीति

पहिलोपटक बाबुराम दौरा-सुरुवालमा!

पहिलोपटक बाबुराम दौरा-सुरुवालमा!

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जीवनमै पहिलोपटक दौरा-सुरुवालमा सजिएका छन्। मध्यपहाडी लोकमार्गको यात्राका क्रममा यतिबला खसहरूको मूल थलको रूपमा परिचित कर्णाली पुगेका नयाँ शक्ति संयोजक डा. भट्टराईले पहिलोपटक दौरा-सुरुवाल सजिएका हुन्।

 

संयोजक डा. भट्टराईको तस्बिरलाई नयाँ शक्तिका केन्द्रीय सदस्य एवं उनकी धर्मपत्नी हिसिला यामीले सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी छन्। उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्बिरमा डा. भट्टराई मन्द मुस्कानसहित निलो रङको दौरा-सुरुवल, खैरो रङको कोटका साथै ढाका टोपीमा सजिएका छन्। 'खसहरूको क्षेत्रमा मेरा खास श्रीमान् डा. बिआरबिले पहिलोपटक दौरा सुरुवाल लगाएका छन्' हिसिला यामीले उनको तस्बिर साझा गर्दै क्याम्पनमा लेखेकी छन्।

 

यसैगरी, संयोजक डा. भट्टराईले पनि स्थानीयसँग खचिएका केही तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्। उनले तस्बिरहरूसँगै क्याप्सनमा देश अनुसारको भेष पहिरन गरे खस बाहुल्य रहेको प्रदेश कर्णालीमा प्रवेश गरेको उल्लेख गरेका छन्। 'देशअनुसारको भेष! जीवनमा पहिलोपटक दौरा-सुरवाल लगाएर खसबाहुल्य कर्णालीमा प्रदेशमा प्रवेश गरेरियो' उनको क्याप्सनमा भनिएको छ।

सयोजक डा. भट्टराई यतिबला मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानअन्तर्गत ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा–२०७५’ को नारा बोकेर विभिन्न जिल्ला जनसम्वाद कार्यक्रम सञ्चाल गर्दै आएका छन्। उनी माघ १५ गतेदेखि १ महिने जनसम्वाद यात्राको क्रममा मध्यपहाडी लोकमार्गले छुने जिल्लाहरूको भ्रमणमा निस्किएका हुन्। पाँचथरको चिवा भञ्ज्याङबाट शुरु भएको उनको यो यात्रा फागुन १५ गते बैतडीको झुलाघाटमा पुगेर सकिने छ।

 

यस क्रममा संयोजक डा. भट्टराईले २७ जिल्लाका ८६ स्थानमा जन भेटघाट, अन्तरक्रिया, कोणसभा, जनसभा, गुनासो संकलन कार्यक्रममा सहभागी हुने बताइएको छ। मध्यपहाडी लोकमार्गको अवलोकन, आसपासको जनजीवनको अध्ययन, समस्याको पहिचान र राष्ट्रिय जीवनका महत्वपूर्ण सवालमा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उनको योजना छ।

डा. बाबुराम भट्टराई हिसिला यामी नयाँ शक्ति नेपाल

विशेष