सामाजिक सञ्जाल

फेसबुक एकाउन्ट ह्याक हुनबाट कसरी जोगाउने ?

फेसबुक एकाउन्ट ह्याक हुनबाट कसरी जोगाउने ?

चाहे घर चाहे बाहिर दुवै ठाउँमा मानिस गोपनियता ख्याल गर्न चाहन्छ। घरमा सुत्दै गर्दा ढोका लगाउन बिर्सियो भने जो कोही पनि चिहाएर हेर्न सक्छ उस्तै ताल परे भित्रै पसेर सामान चोरी गर्न पनि भ्याउछ।

 

ठीक यस्तै इन्टरनेट प्रयोग गर्दैगर्दा सुरक्षामा ध्यान दिइएन भने जो कोहीले पनि गोपनियता थाहा पाउन सक्छन् र निजी विषय सार्वजनिक हुने खतरा बढेर जान्छ । नेपालमा फेसुबकको दुरुपयोगको विषयलाई लिएर दैनिकजसो समाचार आइरहेका छन् । प्रयोगकर्ताले पनि आधारभूत सुरक्षामा ध्यान नदिदा त्यस्तो बदमासी भइरहेको छ ।

 

फेसुबक र गुगलको प्रयोग गर्दैगर्दा पासवर्ड ह्याक नहोस् भनेर आफ्ना युजरलाई दोहोरो सुरक्षा विधी अर्थात ’टु स्टेप भेरिफिकेशन’को सुविधा उपलब्ध गराउँदै आएको छन्। कमै मात्र प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्ने गरेको पाइएको छ । कारण थाहा नै नभएर, थाहा पाए पनि झन्झटिलो लागेर प्रयोग नगरेको पनि पाइन्छ।

 

इन्टरनेट विशेषतः फेसबुकमा हुने गरेका गतिविधीलाई गोप्य नै राख्न दोहोरो सुरक्षा विधि प्रयोग गर्न जरुरी छ । प्रक्रियामा केही झन्झटिलो भए पनि यो फिचरको काम भनेको पासवर्ड सुरक्षित राख्नु हो । सो सुविधाको छनोटले फेसबुक एकाउण्ट ह्याक हुने सम्भावना न्युन भएर जान्छ । यदी कसैले पासवर्ड थाहा पाएर बदमासी गर्दैछ भने पनि कहाँ कुन ठाउँबाट कसले बदमासी गर्दैछ सजिलै थाहापाउन सकिन्छ र थप नोक्सानी हुन नदिन तत्कालै सचेत बनाउने काम गर्दछ ।

तपाईंले थाहा पाउनै पर्ने यी कुराहरू

 

फेसबुक एकाउण्टलाई मोबाइलसँग जोड्नुस्

फेसबुकलाई मोबाइलमा जोड्नु भयो भने मेरो फेसबुकको पासवर्ड यो हो चाहिन्छ? भन्दै हिँडे पनि केही फरक पदैन । भन्न खोजिएको यो हो की फेसबुकको पासवर्ड दिए पनि अरु कसैले लगइन गर्न सक्दैनन्। फेसबुक लगइन गर्न पासवर्ड राखिसकेपछि मोबाइलमा प्राप्त हुने ६ अकंको ’लगइन एप्रोभल्स कोड’ अनिवार्य हुन्छ । लगइन एप्रोभल कोर्डको प्रयोगपछि मात्रै फेसबुक खोल्न सकिन्छ ।

 

यो सुविधा फेसबुकमा कहाँ हुन्छ ?

यती गरिसकेपछि लगइन अर्टलको सुविधा पनि राख्न नबिर्सनुस् । लगइन एप्रोभलसँगै लगइन अर्लटमा क्लिक गर्नुस् र सो फिचरले अन्य कुनै ठाउँबाट अरु कसैले फेसबुक लगइन गर्दैछ भने त्यसको जानकारी तुरुन्तै फेसबुकको नोटिफिकेशनमा, मोबाइल म्यासेजमा र इमेलमा अलर्ट म्यासेजको रुपमा पाउन सकिन्छ ।

 

मोबाइलमा प्राप्त हुने कोडबिना फेसबुक लगइन गर्न त सकिदैन नै फेसबुक खोल्न कसैले प्रयास गरिरहेको रहेछ भन्ने जानकारी थाहा पाउन सकिन्छ र तुरन्तै नयाँ पासवर्ड परिवर्तन गरेर हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न मद्दत गर्दछ ।

 

फेसबुकमा याहू हैन जिमेलको आइडी प्रयोग गर्नुस्

यदि फेसुबक एकाउण्ट बनाउदै गर्दा याहू आइडी राखेर फेसबुक चलाउदै हुनुहन्छ भने याहू हैन जिमेल आइडी राखेर फेसबुक चलाउन थाल्नुस् ।

कारणहरु

याहूको तुलनामा गुगलले एकाउण्ट सुरक्षामा बढी ध्यान दिएको छ । गुगलले पासवर्ड ह्याक हुन नदिन ’टु स्टेप भेरिफिकेशन’को सुविधा दिँदै आएको छ । गुगलमा राखिने ’टु स्टेप भेरिभिकेसन’ले अझ फेसबुक एकाउण्टको सुरक्षालाई बढावा दिन्छ । गुगलमा सेट गरिएको ’टु स्टेप भेरिफिकेशन’ले नियन्त्रण बाहिर गएको फेसबुकलाई पनि फर्काउन मद्धत गर्दछ ।

 

फेसबुकमा याहूको इमेल हटाएर जिमेल आइडी कसरी राख्ने ?

आफ्नो फेसबुक एकाउण्ट सुरक्षित राख्न यस्ता विषय पनि थाहा पाइराख्नुस् स्फेसबुकमा प्रयोग हुने जन्ममितिमा सहिसाचो जन्ममिति मात्रै राख्नुस् । सुरक्षाको लागि भन्दै फेसबुकले र गुगलले सोध्ने प्रश्नको उत्तर कपोकल्पित नदिनुस्, साचोँ जानकारीले फेसबुक तथा गुगलमा समस्या आइपर्दा समस्या समाधान गर्न सजिलो हुन्छ । प्रायस् यस्ता प्रश्न सोधिरहेको हुन्छ, ’तपाइको प्राथमिक विद्यालयको मनपर्ने शिक्षकको अन्तिम नाम (थर) भन्नुस् ।’

 

इमेलसँगै मोबाइल पनि फेसबुक, गुगल लगइनको लागि अन्तिम विकल्प हुनेहुँदा विश्वासिलो पात्रबाहेक अरु कसैलाई पनि मोबाइल प्रयोग गर्न नदिनुस् । नयाँ डिभाइसमा बसेर फेसबुक लगायत साइट लगइन गर्नुपर्ने भयो भने प्रयोगपश्चात इन्टरनेट ब्राउजरको कुकिज क्लियर गर्न नबिर्सनुस् । ब्राउज क्लियर गर्दा तपाइको डाटा चोरी हुने सम्भावना कम हुन जान्छ ।

 

यदी मोबाइल हरायो भने तुरुन्तै नम्बर डिएक्टिभ गरिहाल्नुस्

एक देशबाट अर्को ठाउमा वा फोन नलाग्ने ठाउमा जानुपर्ने छ भने १० पटकसम्मलाई लगइन एप्रोभल्स कोर्ड पिन्ट गरेर वा टिपेर पनि फेसबुक र गुगलको प्रयोग गर्न सकिन्छ ।

फेसबुक

विशेष