रोजगार

समायोजन फारम नभरेका १३ हजार कर्मचारीलाई कहाँ खटाउला सरकारले?

समायोजन फारम नभरेका १३ हजार कर्मचारीलाई कहाँ खटाउला सरकारले?

काठमाडौं : समायोजन फाराम नभर्ने कर्मचारीले सरकारले आवश्यकताअनुसार जुनसुकै स्थानमा खटाउने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीहरूलाई उनीहरूले रोजेको ठाउँमा खटाउने र नभर्ने कर्मचारीलाई जुनसुकै स्थानमा खटाउने जनाएको हो।

 

१३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन्। मन्त्रालयले गत पुस १८ गते कर्मचारी समायोजनसम्बन्धी २१ दिने सार्वजनिक सूचना प्रकाशन गरेको थियो। फाराम नभर्ने कर्मचारीलाई पनि ज्येष्ठता, नागरिकतामा उल्लिखित ठेगाना वा हाल बसोबास गरिरहेको ठेगानाका आधारमा समायोजन गरिनेछ।

 

उनीहरूलाई स्थानीय र प्रदेशमा खटाउने प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। सरकारले यसअघि विशिष्ट श्रेणीका ५६ सचिवको समायोजन गरिसकेको छ। ‘कर्मचारी समायोजन अध्यादेश–२७५’ अनुसार विशिष्ट श्रेणीका ती सचिवको समायोजन संघमा गरिएको मन्त्रालयले जनाएको छ। यो खबर आजको समाचार पत्र दैनिकबाट लिइएको हो ।

कर्मचारी कर्मचारी समायोजन प्रक्रिया

विशेष