राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली स्विट्जरल्यान्ड जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली स्विट्जरल्यान्ड जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्विट्जरल्यान्डको जेनेभामा हुने राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४०औँ सभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ जाँदै छन् । मन्त्री ज्ञवाली सोमबार परिषद्को ४०औँ सभाको उद्घाटन सत्रमा सहभागी हुने र मङ्गलबार उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल अहिले उक्त मानवअधिकार परिषद्को सदस्य राष्ट्र हो ।

 

त्यस्तै बुधबार मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिचेल ब्याचलेटीसँग द्विपक्षीय भेट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले जेनेभामा अन्य मित्रराष्ट्रका समकक्षीहरू र राष्ट्रसङ्घीय उच्च अधिकारीसँग द्विपक्षीय तथा साइडलाइन भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । उनले आणविक अनुसन्धानसम्बन्धी युरोपेली सङ्गठनको भ्रमण गर्नुका साथै गैरआवसीय नेपाली सङ्गठनहरू तथा नेपाली समुदायका सदस्यहरूसँग भेट गर्नुहुने कार्यक्रम रहेको छ । उनी आउँदो बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्विट्जरल्यान्ड

विशेष