राजनीति

मृतकका परिवारलाई आर्थिक सहयोगका लागि सरकारलाई अनुरोध गर्ने नेकपा सचिवालयको निर्णय

मृतकका परिवारलाई आर्थिक सहयोगका लागि सरकारलाई अनुरोध गर्ने नेकपा सचिवालयको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ। बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकका आफन्तप्रति समवेदना व्यक्त गरको हो। बिहीबार बिहान बालुवाटारमा बसेको सचिवालय बैठकमा एक मिनेट मौन धारणसमेत गरेको थियो।

 

'हाम्रो पार्टीको सबै कार्यालयहरुमा आज पार्टीको झन्डा आधा झुकाउने निर्णय गरिएको छ', बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'त्यसैगरी सबै पार्टी कार्यालयहरूमा तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरिएको छ।'

 

पार्टी केन्द्रको तर्फबाट आगामी २३ गते केन्द्रीय श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने छ। सचिवालय बैठकले दुर्घटनामा परि निधन भएका परिवारको आर्थिक स्थिति र आवश्यकतासमेत हेरेर उपयुक्त सहयोग गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

नेकपा सचिवालय बैठक

विशेष