रोजगार

खुल्ला विश्वविद्यालयले माग्यो ५० कर्मचारी, प्राध्यापकदेखि कार्यालय सहयोगीसम्मलाई अवसर

खुल्ला विश्वविद्यालयले माग्यो ५० कर्मचारी, प्राध्यापकदेखि कार्यालय सहयोगीसम्मलाई अवसर

काठमाडौं । नेपालकै पहिलो खुल्ला विश्वविद्यालय नेपाल खुल्ला विश्‍वविद्यालयले एकैपटक ५० कमर्चारीको माग गरेको छ। आइतबार सूचना प्रकाशित गर्दै खुल्ला विश्वविद्यालयले करार सेवामा पदपूर्तिबाट प्राध्यापकदेखि कार्यालय सहयोगीसम्म माग गरेको हो।

 

विश्वविद्यालयले चार जना प्राध्यापाकको माग गरिएको छ। यो पदमा आवदेन दिनले तीन हजार रुपैयाँ दस्तुर बुझाएर आवेदन दिन सक्ने छन्। सह-प्राध्यापक ७, उप-प्राध्यापक १७ र सहायक प्राध्यापक ८ जनाको माग गरिएको छ।

 

त्यस्तै शाखा अधिकृत वा सो सहर ६, कार्यालय मुख्य सहयाक वा सो सरको लागि ३ र कार्यालय सहयायक तथा सो सरहको लागि तीन जना माग गरिएको छ। आवेदकले १५ दिनभित्र विश्‍वविद्यालयको आधिकारिक वेवसाइडबाट आवेदन दिनसक्ने खुल्ला विश्वविद्यालयले जनाएको छ।

कर्मचारी नेपाल खुल्ला विश्विवद्यालय

विशेष