उपसचिवले आजबाट समायोजनको पत्र बुझ्दै, पत्र लिन मन्त्रालय धाइरहनु नपर्ने

काठमाडौं । सरकारले समायोजनमा जाने उपसचिवलाई आइतबारबाट समायोजन पत्र दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले आइतबारदेखि उपसचिवले आफूले रोजेको स्थानीय तह, प्रदेश या केन्द्रमा जान समायोजनपत्र बुझ्न थाल्ने जानकारी दिए ।
उपसचिवले आफ्नो समायोजनपत्र आफैं प्रिन्ट गर्नसक्ने व्यवस्था मिलाइएको छ । उनका अनुसार आइतबार करिब २ हजार जनाले अनलाइनबाट आफ्नो समायोजनपत्र प्रिन्ट गर्न सक्नेछन् ।
‘अनलाइन फाराम भर्दाकै पासवर्ड प्रयोग गरेर उपसचिवले अनलाइनबाट समायोजनपत्र निकाल्न सक्ने व्यवस्था मिलाइएको छ’, अधिकारीले भने, ‘समायोजनपत्रका लागि उहाँहरूले मन्त्रालय धाइरहनु पर्दैन ।’ यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
संघीय मामिला तथा सामान्य मन्त्रालय कर्मचारी समायोजन