बझाङमा हिमपातले जनजीवन प्रभावित

बझाङ । सुदूरपश्चिमको हिमाली जिल्ला बझाङमा फेरि हिमपात भएको छ । बझाङका उच्च लेकाली भेगमा हिमपात भइरहेको जिल्लाको छबिस पाथीभेरा गाउँपाकिला-७ का स्थानीय जहरलालले जानकारी दिए । उनले भने, ‘हिजो साँझदेखि हिउँ पर्न थालेको छ । गाउँसम्म धेरै हिउँ नपरे पनि माथि लेक तिर भने भारी हिमपात भइहरेको छ । अहिले भने गाउँमा पनि हिउँ परिरहेको छ ।’
यो वर्ष माघमा मात्रै बझाङमा दुईतिन पटक हिउँ परेको छ । फेरि हिउँ परेपछि किसान हर्षित भएका छन् । हिउँ पर्दा खेतीपाती राम्रो हुने भएपछि किसान खुसी भएका हुन् । यद्यपि, वृद्धवृद्धा, बालबालिकालाई भने हिउँले गर्दा अप्ठ्यारो बनाएको छ। हिउँ परेसँगै चिसो बढेपछि धेरै ठाउँको जनजीवन प्रभावित भएको छ।
हिमपात बझाङ