राजनीति

विश्व खुशीयाली सम्मेलनमा भाग लिन दुबई लागे मन्त्री पण्डित

विश्व खुशीयाली सम्मेलनमा भाग लिन दुबई लागे मन्त्री पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ‘विश्व खुशियाली सम्मेलन’मा भाग लिन आज संयुक्त अरब इमिरेटको राजधानी दुबई गएका छन्। 

आइतबारदेखि हुने सम्मेलनमा भाग लिन शुक्रबार त्यसतर्फ गएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। सम्मेलनमा मन्त्री पण्डितले नेपालमा मानव विकासको अवस्था, लगानीमैत्री वातावरणको स्थिति, नेपालको प्रतिव्यक्ति आय बढेको र शान्तिपूर्ण वातावरण तयार भएर स्थिर सरकारसमेत बनेको अवस्थामा नेपालीमा खुशियाली प्रवद्र्धन भइरहेको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी गराए। 

सम्मेलनमा विश्वका १२१ देशका सरकार प्रमुख र मन्त्रीको सहभागिता रहने छ। मन्त्री पण्डित आगामी फागुन एक गते स्वदेश फर्किने छन्।

लालबाबु पण्डित

विशेष